बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भारत–चीनबीच पुनः झडप, २० चिनियाँ सैनिक र  भारतका चार जवान घाइते

सोमबार, १२ माघ २०७७, १३ : ३१
सोमबार, १२ माघ २०७७

भारतीय र चिनियाँ सैनिकबीच पुनः झडप भएको छ । भारतीय सेनाले २० जनवरीमा सिक्किमा दुई देशका सेना आमने सामने भएको पुष्टि गरेको छ । दुई सेनाका कमान्डरले निश्चित प्रोटोकलअनुसार विवाद सुल्झाइसकेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । 

भारतीय मिडियाका अनुसार चिनियाँ सेना एक्चुअल लाइन अफ कन्ट्रोल (एलएसी) मा घुसपैठ गर्ने कोसिस गरेको थियो । भारतीय जवानले रोक्दा चिनियाँ सैनिकले हातपात गर्न सुरु गरेको समाचारमा जनाइएको छ । झडपमा चीनका २० सैनिक घाइते भएका छन् भने भारतका पनि चार जवान पनि घाइते भएका छन् । यद्यपि, भारतीय सेनाले घाइतेको कुनै जानकारी भने दिएको छैन । 

दुई देशबीच १५ घण्टासम्म बैठक चल्योः

यो तनाव कम गर्नका लागि पूर्वी लद्दाखको मोल्डोमा भारत र चीनका सैन्य अधिकारीबीच आइतबार ९ औं चरणको कुराकानी भयो । करिब १५ घण्टासम्म चलेको यो बैठकको निष्कर्ष हालसम्म सार्वजनिक भइसकेको छैन । तर भारतले एलएसीमा तनाव कम गर्न अपिल भने गरेको छ । 

एलएसीमा पछिल्लो थुप्रै महिनादेखि तनावको स्थिति छ । १५ जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ सैनिक र भारतीय जवानबीच हिंस्रक झडप भएको थियो । यतिबेला २० भारतीय सैनिकको मृत्यु भएको थियो । झडपमा कति चिनियाँ सैनिक मारिएका थिए भनेर आधिकारिक जानकारी हालसम्म प्रकाशित भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप