बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले दिए ओलीले नेतृत्व गरेको पार्टीलाई ‘धुलोछाप’को संज्ञा

सोमबार, १२ माघ २०७७, १३ : ०८
सोमबार, १२ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले नेतृत्व गरेको पार्टीलाई धुलोछापको संज्ञा दिएका छन् । 
सोमबार प्रदेश २ का आफूपक्षीय नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गुटको केन्द्रीय समितिको संख्या १५ सय पुर्याइएको आफूले सुनेको भन्दै ओलीले त्यसलाई ५ हजार बनाउन पनि सक्ने बताए । 

‘५ हजारले पुगेन भने १० हजार पनि बनाउँछन् । त्यसैले त्यो धुलोछाप पार्टी हो । केपी ओलीको धुलोछाप पार्टीमा कोही नजानुुस्’ नेता नेपालको भनाइ छ । 
अध्यक्ष नेपालले आफू केही दिनअघि बर्दियामा पुग्दा ओलीको पक्षमा लागेर केन्द्रीय सदस्य भएका एकजनाले केन्द्रीय सदस्यको प्रमाणपत्र च्यातेर आफूहरुले नेतृत्व गरेको पार्टीमा आएको बताए । 
‘म अहिले सुन्दैछु, जिल्ला जिल्लामा गएर को आउँछ आउनुस् भनेर डम्फु बजाउँदैछन् । यस्तो भुलभुलैमा नपर्नुहोला,’ नेपालको आग्रह छ । 

आफूहरुले नेतृत्व गरेको पार्टी नै क्रान्तिकारी र समाजको परिवर्तन गर्ने पार्टी भएको भन्दै उनले अन्याय अत्याचारलाई समाप्त पार्दै समानताको अनुभूति दिने पार्टी बनाउने दावी गरे । 
‘जनताको हित र परिवर्तनको पक्षमा रहेको पार्टी हो यो, त्यसैले मधेस, मुस्लिम गरिव, विपन्न, महिलाको समस्या समाधान गर्ने उद्देश्य बोकेको पार्टी हो । तर केपी ओलीलाई त्यस्ता समस्याले छुदैन’, अध्यक्ष नेपालको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप