नेपाली सेनाद्वारा भरतपुर महानगरपालिकालाई बहुउद्देश्यीय हल हस्तान्तरण
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको बताएकी छिन् । नेपाली सेना बटुक दल गण कसराद्वारा निर्माण गरिएको विपत् व्यावस्थापन बहुउद्देश्यीय भवन महानगरपालिकालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा दाहालले सो कुरा बताएकी हुन् ।
भरतपुर महानगरपालीका वडा न २२ को गर्बेटाँडीमा निर्माण गरिएको सो भवनमा बाढीपहिरो पीडितहरूको प्राथमिक उद्धारका साथै विविध आर्थिक सामाजिक विकासका लागी उपयोग गरिने दाहालले बताइन् ।
सो अवसरमा पृतनापति ताराध्वज पाण्डेले नागरिक सहकार्यमा सैनिकले विगतदेखि उल्लेख्य काम गर्दै आएको बताउँदै नेपाली सेनाले राष्ट्रिय सुरक्षा ,प्राकृतिक संरक्षण, विपत् व्यावस्थापन राहत र उद्दारका साथै विकास निर्माणमा उल्लेख्य भूमिका खेलिरहेको जानकारी दिए । उनले भवन समुदायको हितमा उपयोग हुने विश्वास समेत व्यक्त गरे ।
भरतपुर महानगरपालिका वडा न २२ का वडाध्यक्ष बिष्णुराज महत्तोले नेपाली सेनाको बटुक दल गणले निर्माण गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको यो बहुआयामिक हल विपत् ब्यावस्थापनका साथै समुदायको हित र आयआर्जनको रूपमा उपयोग गर्ने बताए ।
कार्यक्रममा बटुकदल गणका गणपती अरूण श्रेष्ठले बहुउद्देश्यीय हल निर्माण र यसको उपयोगिता बारे जानकारी दिदै नेपाली सेना नागरिकको आर्थिक सामाजिक गतिविधी बृद्धिमा लागिरहेको बताए । नागरिक सैनिक सहकार्य र सम्बन्धलाइ सुमधुर बनाउन यस्तै थप कामहरू अगाडि बढाइरहेको बताउँदै उनले स्थानिय सरकारका प्रतिनिधीहरूसँग समन्वय र सहकार्य गरी १८ लाख रूपैयाँको लागतमा बहुउद्देश्यीय हल निर्माण गरिएको बताए । हल निर्माण भएसँगै बाढीपिडित ,दैविक प्रकोप तथा सामाजिक कार्यहरुलाई व्यवस्थित ढंगले संचालन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित