फ्रान्समा कोरोनाभाइरसको नयाँ भेरियन्टः तेस्रोपटक पुनः देशव्यापी लकडाउन लागू हुने सम्भावना

कोरोनाभाइरसको नयाँ भेरियन्ट फ्रान्समा पनि भेटिएको छ । फ्रान्सेली सरकारका वरिष्ठ सल्लाहकारले कोरोनाभाइरसको नयाँ भेरियन्टले देशमा आफ्नो खुट्टा पसारिरहेको र यससँग जुध्नका लागि सरकारले तेस्रोपटक लकडाउन लगाउनुपर्ने बताएका छन् ।
बीबीसी संवाददाता डेनियल विट्टनबर्गका अनुसार फ्रान्सका चर्चित इम्यूनमोलोजिस्ट डाक्टर शौं फ्रान्स्वा डेल्फ्रेस्सीले यदि देशमा कडा लकडाउन नलगाइए मार्चको मध्यसम्म ‘स्थिती अत्यधिक मुश्किल’ हुनसक्ने चेतावनी दिएका छन् ।
उनले भाइरसको नयाँ र संक्रामक भेरियन्टलाई फैलनबाट रोक्नका लागि राजनेताले छिटोभन्दा छिटो कुनै ठोस् कदम चाल्नुपर्ने बताएका छन् ।
कोरोनाभाइरसको बढ्दो मामिलालाई मध्यनजर गर्दै महिनाको सुरुवातमा फ्रान्समा बेलुका ६ बजेदेखि रातीसम्म कर्फ्यू लगाइएको थियो । यसैबीच देशमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । केहि दिन अघिसम्म औसतमा दैनिक कोरोनाका १८ हजार मामिला दर्ता गरिएको थियो भने अब यो संख्या बढेर २० हजारसम्म पुगेको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या पनि लगातार बढिरहेको छ ।
कोरोनाभाइरसको बढ्दो मामिलालाई मद्देनजर गर्दै बुधबार फ्रान्सेली सरकारले एक महत्वपूर्ण बैठकको आयोजना गर्दैछ जसमा के कस्ता कदम उठाइने भन्नेबारे कुराकानी हुनेछ । हाल अधिकारी तेस्रो पटक देशमा पूर्ण लकडाउन लगाउने विषयमा विरोध गरिरहेका छन् र रातीमात्रै करफ्यू लगाउने पक्षमा छन् । त्यसैले यहाँ स्कूल खोलिएका छन् ।
यसअघि प्रधानमन्त्री शौं केस्टेक्सले आवश्यकता परे ढिला नगरीकन एकपटक पुनः लकडाउन लगाउन आफू पछि नहट्ने बताएका थिए ।
जोन होपकिन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार फ्रान्समा हालसम्म कोरोनाभाइरसका कारण ७३,१९० को मृत्यु भइसकेकाम ेछ र यहाँ संक्रमितको संख्या २१ लाख २८ हजारभन्दा बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ