शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

द कपिल शर्मा शो चाँडै बन्द हुने

सोमबार, १२ माघ २०७७, ०९ : २४
सोमबार, १२ माघ २०७७

सोनी टिभीमा प्रसारण हुने कमेडी शो ‘द कपिल शर्मा शो’ भारतमालगायत नेपालमा पनि चर्चित छ । मानिसहरुलाई कपिल शर्मा र उनको टिमको कमेडी असाध्यै मन पर्छ । पछिल्लो थुप्रै वर्षदेखि यो टिभी शोमार्फत् कपिल शर्मा सानो पर्दामा राज गरिरहेका छन् । थुप्रै पटक बन्द भएपछि पनि द कपिल शर्मा शोको चर्चा कम भएको छैन । यसैबीच यो कार्यक्रम पुनः बन्द हुन लागेको खबर छ । 

ताजा जानकारीका अनुसार द कपिल शर्मा शोले चाँडै नै दर्शकलाई बाईबाई भन्दै छ । इन्टरटेन्मेन्ट वेब पोर्टल टेलिचक्करको एक रिपोर्टलाई विश्वास गर्ने हो भने द कपिल शर्मा शो बन्द गर्ने योजनामा निर्माण पक्ष रहेको छ । केही समयपछि निर्माताले द कपिल शर्मा शोलाई नयाँ सिजनमार्फत् फिर्ता ल्याउने योजना बुनिरहेका छन् । 

नयाँ सिजनमा ‘द कपिल शर्मा शो’ एकदम नयाँ अन्दाजमा आउनेछ । यस्तोमा द कपिल शर्मा शोको कास्टमा पनि भारी फेरबदल हुने संकेत मिलेको छ । यो स्पष्ट भइसकेको छ कि कमेडी शो द कपिल शर्मा शो एउटा सानो ब्रेकपछि पुनः टिभीमा फिर्ता हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप