शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा लिभरपुललाई हराउँदै युनाइटेड एफए कपको पाँचौ चरणमा

सोमबार, १२ माघ २०७७, ०८ : २२
सोमबार, १२ माघ २०७७

ब्रुनो फर्नान्डेजले खेलमो ७८ औँ मिनेटमा फ्रिककबाट उत्कृष्ट गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले लिभरपुलमाथि एफए कपमा ३–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।

खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । मोहम्मद शलाहले खेलको १८ औँ मिनेटमा लिभरपुललाई अग्रता दिलाए । तर मेसन ग्रिनवुडले खेल बराबरी गरे ।

दोस्रो हाफको सुरुवातमा नै मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिलाए पनि १० मिनेटपछि सलाहले पुनः खेल बराबरी गरे ।

फाबिन्होले एडिन्सन कभानीलाई लडाएपछि युनाइटेडले फ्रिकिक पायो जसलाई बेन्चबाट मैदानमा प्रवेश गरेका फर्नान्डेजले गोलमा परिणत गरे ।

युनाइटेडले लिभरपुललाई एफए कपमा हराएको १० औँ पटक हो ।

उता, चेल्सीले पनि एफए कपको चौथो चरणमा लुटोन टाउनलाई हराएको छ । ट्यामी एब्राहमले ह्याट्रिक गरेपछि चेल्सीले ३–१ को जीत हासिल गरेको हो ।

अन्य खेलमा एर्भटनले सेफिल्ड वेडनस्डेलाई ३–० गोलले पराजित गर्दै अर्को चरणमा स्थान बनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप