बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

सोमबार, १२ माघ २०७७, ०० : १६
सोमबार, १२ माघ २०७७

काठमाडौं । ठगी आरोपमा पक्राउ गरिएका ओलम्पिया वर्ल्ड स्कुलका दुईजना सञ्चालकको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको छ ।  पौने तीन करोड ठगी आरोपमा शनिवार स्कुलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । 

शनिवार राती नै प्रहरीले उनीहरुलाई सुटुक्क रिहा गरेको छ । रिहापछि काठमाडौं प्रहरीले आईतबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको छ ।  ठगी मुद्दामा पक्राउ परेका खड्का र महर्जन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आदेशपछि रिहा भएका हुन् । 

उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्णप्रसाद देवकोटलाई बेच्ने भन्दै ०७६ वैशाखमा बैना लिएका थिए । सो जग्गा पछि अर्को व्यक्तिलाई बेचेपछि देवकोटाले बैना फिर्ता मागे । तर, बैना फिर्ता नपाएपछि देवकोटाले महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको जाहेरी दर्ता गराएका थिए ।  शिरिष न्याय परिषद्का सदस्य लक्ष्मीप्रसाद निराला खड्काका छोरा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप