बेलायतमा एकैदिन ६१० जनाको मृत्यु, ३० हजार नयाँ संक्रमित

लन्डन । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अघिल्ला दिनहरुको तुलनामा केहि कमी आएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा थप ६१० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९७ हजार ९३९ पुगेको छ ।
यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । गएको २४ घन्टामा ३० हजार ४ जना नयां संक्रमित थपिएका छन् । संक्रमित संख्या ३० हजारको हाराहारीमा झरेको सन् २०२१ लागेपछिकै पहिलो हो । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ४७ हजार ४६३ पुगेको छ । हाल बेलायतका अस्पतालमा झन्डै ३८ हजारको संख्यामा कोरोना संक्रमितको उपचार भइरहेको छ ।
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले बताएअनुसार हाल अस्पताल भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी छ भने पहिलाको तुलनामा दोब्बर बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । यसैगरी कोरोना संक्रमणका कारण भेन्टिलेटर बेडमा उपचारार्थ बिरामीको संख्या चार हजार नाघेको छ, जुन महामारी यताकै नयाँ रेकर्ड भएको अधिकारीहरुले बताएका छन् ।
६३ लाख बढीलाई दिइयो खोप
हालसम्म बेलायतमा ६३ लाख ५३ हजार ३२१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ । जसमध्ये चार लाख ६९ हजार ६६० जनाले खोपको दोस्रो तथा अन्तिम डोज पनि प्राप्त गरिसकेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट