मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा सुनका गहना चोरी गरेको आरोपमा एक युवक पक्राउ

आइतबार, ११ माघ २०७७, २० : ४३
आइतबार, ११ माघ २०७७

पोखरा । पोखराबाट चोरी गरेका सुनका गहनासहित एक युवक पक्राउ परेका छन् । घरको ढोका फोडेर गरगहना चोरी गरेको आरोपमा पर्वत कुश्मा नगरपालिका ११ घरभई पोखरा २६ बिजयपुर बस्दै आएका २६ वर्षीय किशोर शर्मालाई चोरीका गहनासहित प्रहरीले पक्राउ गरेको हो । 

पोखरा ५ धारापानीकी गीता भुजेलको कोठाबाट दराजको चाँवी फोडेर औंठी, सिक्री र मंगलसुत्र लगायतका सुनका गहना चोरी भएको सूचनाका आधारमा खोजी गर्दा शर्मालाई चोरीका गहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।  

सुनका गहना चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका शर्मालाई चोरी तथा डाँका सम्बन्धी कसुर (नकबाजी चोरी) मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अघि बढाएको उनले बताए ।
 
शर्माको साथबाट ढोका फोड्न प्रयोग गरिएको रड, तालाका साथै चोरी भएको गरगहना र ग १३ प ३७४७ नं को रातो स्कुटर सहित पक्राउ गरिएको डिएसपी हमालले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप