प्रधानमन्त्रीको अभिव्यक्तिप्रति बार एशोसिएशनको आपत्ति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले माघ ९ गते आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेकोप्रति आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकुल नरहेको बार एशोसिएशनको ठहर छ । ‘उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्धमात्र नभएर अदालतकै मानहानी-अवहेलनाजन्य कार्यसमेत हो,’ महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई ‘अमर्यादित, अपमानजनक र असहिष्णु’ संज्ञा दिँदै बार एशोसिएशनले गम्भीर आपत्ति र खेदसमेत व्यक्त गरेको छ । एशोसिएशनले उक्त अभिव्यक्तिप्रति सार्वजनिक रुपमा माफी माग्न प्रधानमन्त्रीसमक्ष मागसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिरामन्डीका ताजदारले पाए ‘नेशनल क्रस’को ट्याग
-
गिरीबन्धु टी स्टेटमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ : प्रदीप पौडेल
-
पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको पार्टी
-
गिरीबन्धुका चिया मजदुरले ३ महिनादेखि पाएनन् पारिश्रमिक
-
‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत एक हजार नर्सले पाए रोजगार
-
सुतली बम पड्काएर सिराहामा लुटपाट