कर्णालीका तीन जिल्लामा विद्युत अवरुद्ध
आइतबार, ११ माघ २०७७, १९ : ३२
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने हर्रेमा विद्युतको तार चुट्टिँदा कर्णाली प्रदेशका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाईन अन्तर्गत हर्रे नजिक तार चुट्टिँदा प्रशारण लाईनअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोटका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन पुगेको विद्युत प्राधिकरण कार्यालय सुर्खेतले जनाएको छ ।
‘तार सडक नजिकै चुट्टिऐको खबर आएको छ,’ विद्युत प्राधिकरण कार्यालय सुर्खेतका प्रमुख टंकराज गिरीले भने, ‘मर्मतका लागि टीम त्यसतर्फ गएको छ । मर्मत पश्चात विद्युत सेवा सुचारु हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा