शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानकी नयाँ प्रेमिका प्रज्ञा

आइतबार, ११ माघ २०७७, १९ : २६
आइतबार, ११ माघ २०७७

मुम्बई । बलिउड स्टार सलमान खान र आयुष शर्माको फिल्म ‘अन्तिम: द फाइनल ट्रुथ’को अहिले लगातार चर्चा छ । केही दिनअगाडि टिजर समेत सार्वजनिक भएको फिल्ममा सलमान सिख पुलिस अधिकारीको भूमिकामा देखिँदैछन् । आयुष भने फिल्ममा ग्याङ्स्टारको रुपमा प्रस्तुत हुँदैछन् ।

फिल्मका लागि हिरोइन समेत चयन भएको छ । साउथकी अभिनेत्री प्रज्ञा जायसवाल यस फिल्ममा सलमानकी प्रेमिका बन्दैछिन् । प्रज्ञाले फिल्मको सुटिङ समेत सुरु गरेकी छन् । फिल्मको सुटिङपछि पनि सलमान र प्रज्ञा एकसाथ देखिएका छन् । तर दुबै फरक–फरक गाडीबाट उत्रिएका थिए । सलमान र प्रज्ञाले एक रोमान्टि गीत समेतसँगै गरेका छन् ।

प्रज्ञा हिन्दी फिल्मका लागि नयाँ हुन् । तर, साउथमा उनको राम्रो पहिचान छ । २०१४ मा साउथ फिल्मबाट अभिनयमा डेब्यु गरेकी उनले तेलुगु फिल्मका पनि काम गरेकी छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप