बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सामूहिक बलात्कारमा संलग्न रहेको अरोपमा प्रहरी जवान पक्राउ

आइतबार, ११ माघ २०७७, १९ : १४
आइतबार, ११ माघ २०७७

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ट्राफ्रिक प्रहरी जवान पक्राउ परेका छन् ।  रुपन्देहीको कञ्चन गाउँपालिकाकी एक महिलालाई सामूहिक बलात्कार गरी नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ५ भैसाहीमा १८ वर्षकी एक किशोरीमाथि  सामूहिक बलात्कार भएको थियो भने सोही क्रममा अरोपितहरुले १८ वर्षकै अर्की किशोरीको नग्न फोटो खिचेका थिए । ती युवती कपिलवस्तु जिल्लाका दिदी–बहिनी  हुन् । प्रहरीलाई दिएको जाहेरीमा उनीहरुले भैसाहीमा आफूहरु विरामी भेट्न गएको बेला उक्त घटना भएको बताएका छन् ।

उक्त घटनामा कपिलवस्तुकै चारजना विरुद्ध जाहेरी परेको र त्यसमध्ये दुई जनालाई पक्राउ गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरीलाई पक्राउ गरि अनुसन्धान थालिएको हो । अन्य दुई जनाको  खोजी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप