शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती सेमिफाइनलमा

आइतबार, ११ माघ २०७७, १९ : १०
आइतबार, ११ माघ २०७७

लम्बिनी प्रदेशसँग बराबरी खेलेको बागमती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमान्चक बराबरी खेलेको बागमतीले अन्तिम चारमा स्थान बनाउँदै सेमिफाइनलमा पुगेको हो । 

बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो । रोमान्चक बनेको खेलमा लुम्बिनीलाई जितका लागि १ रन आवश्यक थियो । 

लुम्बिनीले ९ विकेट गुमाईसकको थियो । क्रिजमा रहेका दिपेन्द्र रावत रन आउट भएपछि खेल बराबरीको अवस्थामा पुगेको थियो । 

त्यसअघि लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले सर्वाधिक ४१ रन बनाए । कृष्ण कार्कीले ४१ रन बनाए । यस्तै सौरभ खनालले ३४ रन जोड्दा देव खनालले २६ रन बनाए ।

बागमतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए । रामनरेश गिरी, इशान पाण्डे र तिलक भण्डारीले १÷१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । बागमतीका लागि आदील खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेलेका थिए ।  
आदीलले ५५ रन जोड्दा इशानले ५१ रनको योगदान गरेका थिए । यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ कप्तान ज्ञानेन्द्र मल्ल १४ र  नन्दन यादव ११ रनमा अविजित रहे ।

लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए । कृष्ण कार्की र सन्दीप सुनारले २÷२ विकेट लिए ।
लुम्बिनीसँगको खेल बराबरी भएसंगै समूह ‘बी’ एपीएफले ४ खेलमा ७ अंक जोड्यो । 

एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा समेत पुग्न सफल भयो । लुम्बिनीले भने ४ खेलमा ५ अंक जोड्न सक्यो । लुम्बिनीको सेमिफाइनल यात्रा भने अन्य टिममा निर्भर रहेको छ ।

अब समूह चरणको अन्तिम खेलमा पुलिस र प्रदेश–२ खेल्ने छ । पुलिस र प्रदेश–२ बीचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप