शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७ दिनभित्र कल्याणकारी कोष सञ्चालनमा ल्याउन बोर्डलाई श्रमिकहरुको अल्टिमेटम

आइतबार, ११ माघ २०७७, १८ : ०१
आइतबार, ११ माघ २०७७

काठमाडौं । श्रमिक कल्याणकारी कोषलाई एक हप्ताभित्र कार्यान्वयनमा ल्याउन पर्यटन सम्बन्ध श्रमिक संघ संगठनहरुले पर्यटन बोर्डसँग माग गरेको छ । आइतबार ५ श्रमिक संगठनहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै ७ दिनभित्र कोष परिचालन गर्न बोर्डलाई अल्टिमेटम दिएको हो ।

कोष परिचालनका लागि आफुहरुले पटक–पटक माग राख्दै आएतापनि हालसम्म बोर्डबाट कुनै सुनुवाई नभएको भन्दै  श्रमिकहरुले अबको एक हप्ता भित्र पनि माग कार्यान्वयनमा नआए अप्रिय कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार स्वयम बोर्ड हुने चेतावनी दिएको छ ।  

‘प्रस्तुत विषयको सम्बन्धमा नेपाल पर्यटन बोर्ड र नेपालको पर्यटन क्षेत्रमा श्रम विभागबाट दर्ता भएका ट्रेड यूनियनहरु बीचमा विभिन्न मिति र समयमा मागपत्र, ध्यानाकर्षण र आन्दोलनबाट निर्माण भएको प्रतिवेदन तथा कार्यविधि अनुसार सम्बन्धित निकायमा पुगि कार्यान्वयनउपर ढिलासुस्ती भएको हुँदा आजको मितिले ७ दिन भित्रमा उक्त कोष निर्माण गरि सूचारु गर्नका लागि पर्यटन बोर्डले निर्णायक आन्दोलनको लागि बाध्य हुने छौं । त्यसबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिको जिम्मेवारी स्वयम बोर्ड हुनेछ । श्रमिकहरुद्धारा जारी ध्यानाकर्षणपत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप