बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ

आइतबार, ११ माघ २०७७, १६ : ४२
आइतबार, ११ माघ २०७७

काठमाडौं । सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कपिलबस्तु बाणगंगा गाउँपालिकाका गुरु चरण चौधरी र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मा छन् । 

कार्तिक २३ गते सामूहिक बलात्कार भएको भनी दुई जना युवतीले शुक्रबार दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेलले रातोपाटीलाई बताए । 
युवतीहरुको जाहेरीअनुसार कार्तिक २३ गते राति ८ः३० बजे प्रहरी जवान शर्मा उनीहरुलाई भेट्न गएका थिए । भेटघाटको क्रममा युवतीले अपशब्द बोलेपछि शर्माले उनका अन्य तीनजना साथीहरुलाई बोलाए ।

शर्माका साथीहरुले त्यहाँमध्ये एक युवतीको नग्न तस्बिर खिचेको र अर्की युवतीलाई पालैपालो सामूहिक बलात्कार गरेको युवतीहरुको जाहेरीमा उल्लेख रहेको एसपी पोखरेलले बताए । 
निजले घटनाको विषयमा उजुरी दिए नग्न तस्बिर भाइरल गरिदिने धम्कीसमेत दिएको पीडित युवतीहरुले जाहेरीमा उल्लेख गरेका छन् ।

घटनामा संलग्न अन्य दुईजना भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप