
प्रधानमन्त्री ओलीले भने, ‘म पनि अपाङ्ग’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि अलिअलि अपाङ्ग रहेको बताएका छन् । उनले किड्नी फेल भएर आफू अपाङ्गजस्तै भएको बताए । शारिरीक अशक्त भएकाहरुको संस्थाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफू अर्काको किड्नीको ह्वीलचेयर चढेर हिँडिरहेको हुनाले आफू पनि अलिअलि अपाङ्ग भएको धारणा राखे ।
उनले आफूले आँखामा चश्मा लगाएको र चश्मा नलगाए पढ्न नसकिने भन्दै त्यो पनि एकखालको अपाङ्ग नै भएको बताए । किड्नी फेल भएपनि अर्को लगाएर बाँच्न सकिन्छ भने उदाहरण आफू रहेको बताउँदै उनले दुईटा किड्नी फेरेको विश्वमा कोही पनि प्रधानमन्त्री नरहेको तर्क गरे ।
आफूले दुईटा किड्नी फेरेर सक्रिय रहेको तर जनताको शासन मस्न खोज्ने तत्त्वहरु भागीभागी हिँडिरहेको आरोप पनि लगाए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ