शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले भने, ‘अहिले सडकमा ‘खाते’ भनिने बालबालिका छैनन्’

आइतबार, ११ माघ २०७७, १५ : १८
आइतबार, ११ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जसका लागि कोही छैन, त्यसको लागि सरकार रहेको’ बताएका छन् । शारीरिक रुपमा अशक्त भएकाहरुको सरकारले सबै व्यवस्थापन गर्ने बताउँदै उनले सो कुरा बताएका हुन् ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘सरकारका केही कामहरु हुन्छन् । देशको भूमिको रक्षा गर्नु, सार्वभौमिकताको रक्षा गर्नु, देशको हितको रक्षा गर्नु, गौरब गर्नु सरकारको काम हो । तर, सरकारको काम यति मात्र पनि होइन, देशमा सुशासन कायम गर्ने, जनताको समस्या के हो त्यसको पहिचान गरी त्यसको समाधान गर्ने पनि हो ।’

शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा हुने गरेको बताउँदै उनले आर्थिक अवस्था कमजोर भएका परिवारमा निकै समस्या हुने गरेको र उनीहरुलाई सरकारले झन् सहयोग गर्ने प्रतिबद्धता जनाए । 

‘हिजो सडकभरि बालबालिका हुन्थे त्यसलाई खाते भनेर अपमान गरिन्थ्यो । तर अहिले सडकमा खाते छैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सडकमा बालबालिका हुने छैनन् । ती सबै बालबालिका लागि अभिभावकका रुपमा सरकार रहेको छ ।’

उनले शारीरिक रुपमा अशक्त भएकालाई हरेस नखान पटक– पटक आग्रह गरे । ‘अलिकति प्रतिकूलता भयो, कहिले प्रकृतिक रुपमा भएको होला, कहिले अन्य कारणले भएको होलान् । नहुनुपर्ने भयो, अब त्यसका लागि हरेस नखानु । तपाईंहरुको लागि सरकार छ,’ उनले भने । 

उनले जोन हप्किन्स र झमक घिमिरेको उदाहरण दिँदै देश विकास शारीरिक रुपमा सवलाङ्गले मात्र होइन अपाङ्गले पनि गर्न सकिन्छ भन्ने धेरै उदाहरणहरु रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप