शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भन्सारमा अनलाइन प्रणाली विकास गर्नुपर्छः कृषिमन्त्री अर्याल

आइतबार, ११ माघ २०७७, १४ : ३१
आइतबार, ११ माघ २०७७

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताएकी छिन् । कृषि तथा खाद्य पदार्थ आयात गर्दा आवश्यक पर्ने अनुमति, लाइसेन्स र अन्य प्रकृया सम्बन्धमा भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र एवं पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच अनलाइन प्रणाली सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गर्न मंगलबार मन्त्रालयमा आयोजना भएको कार्यक्रममा मन्त्री अर्यालले प्रविधिको विकास गरी आयात निर्यातलाई सन्तुलित पार्नुपर्ने बताएका हुन् ।

भन्सार जाँचपास गर्दा हुने असहजतालाई अनलाइन प्रणालीले सहजता सिर्जना गर्ने र आयात निर्यातलाई सन्तुलन कायम गर्न मद्दत पुर्याउने मन्त्री अर्यालले बताए । प्रविधिको विकास र कार्यान्वयनका लागि प्रविधिमा रुची भएका दक्ष कर्मचारीहरुलाई सम्बन्धित निकायमा राख्ने व्यवस्था गर्न आवश्यक रहेको पनि बताए ।

मन्त्रालयका निकायहरु र भन्सार विभागबीच भएको सम्झौताले आयात निर्यात प्रक्रिया अनलाइन प्रविधिको कार्यान्वयनको चरणमा प्रवेश भएको मन्त्री आर्यालले बताए । यो प्रणाली लागू भएपछि बाह्य मुलुकबाट कुनैपनि वस्तुको आयात गर्दा सम्बन्धित विभागबाट भौतिक रुपमा उपस्थित भई अनुमति लिनुपर्ने अवस्थाको अन्त्य भएको पनि मन्त्री अर्यालले बताए ।

यसबाट निकासी पैठारीमा समय र लागत कम पर्ने, पैठारीकर्ता भौतिक रुपमा उपस्थित हुनु नपर्ने, सिफारिस पत्रसाथ भन्सार विन्दुमा पुग्नुपर्ने झन्झटको अन्त्य हुने, निर्णय प्रक्रिया द्रुत हुने, काम कारबाही पारदर्शी हुने र शुल्क समेत न्यून हुने भएकाले आयात निर्यातमा सहजीकरण हुने विश्वास गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप