पेरिसडाँडामा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक : ओलीमाथि कस्तो होला कारवाही ?
काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी छ । बैठक दिउँसो एक बजेबाट सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि गरिएका संघर्षको समीक्षा गर्दै भावी रणनीति तय गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको कारवाही प्रक्रिया र अन्य सांगठानिक विषयमा छलफल हुने नेता वेदुराम भुषालले जानकारी दिए ।
प्रचण्ड माधव पक्षले यसअघि पार्टी नीति विपरित निर्णय गरेको भन्दै केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउदै माधवकुमार नेपाललाई चयन गरेको छ ।
त्यस्तै महासचिवको जिम्मेवारीबाट विष्णु पौडेलको अधिकार पनि खोसिएको छ । आजको बैठकमा ओलीमाथि थप कारवाही गर्ने नेताहरुले बताएका छन् ।
त्यसमा ओलीलाई नेकपाको साधारण सदस्य नै नरहने गरी हटाइने छ । यसअघि ओलीलाई किन कारवाही नगर्ने भनेर तीन दिने स्पष्टीकरण सोधिएपनि उनले सो समयमा जवाफ दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
-
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
-
रातो मच्छिन्द्रनाथको रथमा नयाँ पाङ्ग्रा, तस्बिरहरू
-
डढेलो बस्तीमा पस्दा सल्यानमा घरगोठ जलेर नष्ट
-
गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह
-
मन्त्रिपरिषद् बैठक चार बजे बस्ने