तीन रात सहनै नसकिने दुखाइसँग संघर्ष गरेः वरिष्ठ मुटुरोग सर्जन डा.कोइराला
![तीन रात सहनै नसकिने दुखाइसँग संघर्ष गरेः वरिष्ठ मुटुरोग सर्जन डा.कोइराला](https://rpcdn.ratopati.com/media/albums/DR_Bhagawan_748560Flsx.jpg)
वरिष्ठ मुटुरोग सर्जन प्रा. डा. भगवान कोइरालाले आफ्नो मिर्गौलाको पत्थरीको शल्यक्रियापछि बिरामी हुँदाको आफ्नो अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेको ४ दिनपछि जीवनको पाठ सिकेको डा. कोइरालाले बताएका हुन् ।
ह्याम्स अस्पतालमा बुधबार शल्यक्रिया गरेका उनले फेसबुकमा जीवन अनिश्चित भन्दै सबैलाई राम्रो काम गर्न अनुरोध गरेका छन् । मेरो पेसागत जीवनमा २४ घण्टासम्म फोन नउठाएको पहिलोपल्ट थियो । तीन रात सहनै नसकिने गरी भएको दुखाइसँग संघर्षरत थिएँ । मूत्रनली र मिर्गौलामा ४ मिमिको दुई वटा साना पत्थर थिए । शरीरमा यस्तो थियो भन्ने कहिल्यै थाहा थिएन ।
मेरा लागि पाठ
– जीवन अनिश्चित छ, राम्रा काम गर,
– तपाईंका साथीहरु र परिवारको प्रार्थना र कामना निकै हदसम्म काम गर्न सक्छ,
– बाँकी सम्पूर्ण जो जसले मलाई मनैदेखि स्वास्थ्य कामना गर्नुभयो उहाँहरु सबैलाई अनि मेरो उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद ।