शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी लाइफ इन्सुरेन्सले पनि आईपीओे ल्याउने

आइतबार, ११ माघ २०७७, १३ : २०
आइतबार, ११ माघ २०७७

महालक्ष्मी लाइफ इन्सुरेन्सले आईपीओे प्रस्ताव पारित गराउन फागुन ३ गतेलाई साधारणसभा बोलाउने भएको छ । महालक्ष्मीले  सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन  ।

कम्पनीको रजिष्टर्ड कार्यालयलको ठेगाना परिवर्तन गर्ने र सोही बमाजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप