मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकले सवारी खरिदका लागि सहुलियत दरमा कर्जा दिने

आइतबार, ११ माघ २०७७, १२ : ४९
आइतबार, ११ माघ २०७७

काठमाडौं । हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सीका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बंैक र सो कम्पनी बीच यस सम्बन्धी सम्झौता पत्रमा २०७७ साल माघ ९ गते हस्ताक्षर भएको हो । 

उक्त सम्झौता पत्रमा बैंकका मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका हुन् । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप