शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साथीकी १२ वर्षीया छोरीमाथि बलात्कारको प्रयास गर्ने एक जना पक्राउ

आइतबार, ११ माघ २०७७, ११ : ३७
आइतबार, ११ माघ २०७७

काठमाडौँ । पर्साबाट आफ्नै साथीकी १२ वर्षीया छोरीलाई बलात्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । 

शनिबार बिहान वीरगञ्ज महानगरपालिका २ छपकैयाबाट बालिकामाथि जबरजस्ती करणीको प्रयास गर्ने ३६ वर्षीय भारतीय नागरिक नेहाल मिँयालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरका शुक्रबार राति १० बजे बालिकामाथि बलात्कारको प्रयास भएको हो । मिँया साथीको घरमा पाहुना गएका थिए । उनी साथीकी छोरीमाथि बलात्कारको प्रयास गर्ने क्रममा बालिका चिच्याएपछि भागेका थिए । 

पक्राउ परेका मिँया र पीडित बालिका भारतको चम्पारानका स्थानीय बासिन्दा हुन् । उनीहरु वीरगञ्जमा डेरा गरी बस्दै आएका थिए । 

मियाँलाई जर्बजस्ती करणीको उद्योगमा आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप