शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सृष्टि गोस्वामीः भारतको उत्तराखण्डकी एक दिनकी मुख्यमन्त्री

आइतबार, ११ माघ २०७७, ०९ : ३९
आइतबार, ११ माघ २०७७

भारतको हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामी चर्चामा छिन् किनभने २४ जनवरी (आज) मा राष्ट्रिय बालिका दिवसको मौकामा उनलाई उत्तराखण्डको एक दिनकी मुख्यमन्त्री बनाइँदै छ । 

उनी उत्तरखण्डकी पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । यद्यपि, यो प्रतिकात्मक हुनेछ र उनी बाल विधानसभा सत्रमा मुख्यमन्त्रीको रुपमा सरकारका विभिन्न विभागका कार्यको जानकारी लिनेछिन् । 

यतिबेला विभागीय अधिकारीले आ–आफ्नो कामको प्रस्तुती दिनेछन् र सृष्टिले उनीहरुलाई आफ्नो सुझाव दिनेछन् । 

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिहं रावत पनि यो कार्यक्रममा सहभागि हुनेछन् । उत्तराखण्ड विधानसभाको भवनको एक सभाघरमा आइतबार यो कार्यक्रम दिउँसो १२ बजेदेखि ३ बजेसम्म आयोजना हुनेछ । 

सीएम बनाउने उद्देश्य के हो ?

उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष ऊषा नेगीका अनुसार उत्तराखण्ड सरकारको तर्फबाट सृष्टिलाई एक दिनको मुख्यमन्त्री बनाउने यो पहलको उद्देश्य ‘महिलाको सशक्तिकरणको विषयमा जागरुकता फैलाउनु हो ।’

सोसल मिडियामा जारी एक बयानमा सृष्टिले भनिन्, ‘म निकै खुसी छु कि मैले एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाएकी छु । उत्तराखण्ड सरकारको विभिन्न विभागको प्रस्तुती पछि म उहाँहरुलाई आफ्नो सुझाव दिनेछु । म विशेषगरी बालिकाको सुरक्षासँग सम्बन्धित सुझाव उहाँहरुलाई दिनेछु ।’

बीएससी एग्रीकलचरकी विद्यार्थी सृष्टिका पिता गाउँमा नै एक पसल चलाउँछन् र उनकी आमा आंगनबाडी कार्यकर्ता हुन् । यी दुबैले आफ्नी छोरीले पाएको यो अवसरका लागि उत्तराखण्डका मुख्यमन्त्रीप्रति आभार जताएका छन् । 

सृष्टिकी आमा सुधा गोस्वामीले भनिन्, ‘मलाई निकै गर्व महसुस भइरहेको छ । छोरीले पनि सबैकुरा गर्न सक्छन्, बस् उनीहरुलाई खुलेर साथ दिनुहोस् । उनीहरुलाई समर्थन गर्नुहोस् । उनीहरु पनि कोहीभन्दा कम हुँदैनन् । उनीहरुले कुनै पनि उद्देश्य हासिल गर्न सक्छन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप