६० वर्षको करियरमा ५० हजार बढी अन्तरवार्ता लिएका अमेरिकाका दिग्गज ‘टक शो होस्ट’ को निधन
अमेरिकाका दिग्गज टक शो होस्ट ल्यारी किङ्गको लस एन्जिलिसमा निधन भएको छ । उनी ८७ वर्षका थिए ।
निर्माण कम्पनी आरा मिडियाका अनुसार शनिबार ल्यारी किङ्गको निधन भएको हो । अमेरिकी मिडियाका अनुसार अघिल्लो महिनामात्रै उनको कोभिड–१९ को उपचार गरिएको थियो ।
ल्यारी किङ्गले आफ्नो ६ दशकको करियरका बेला २५ वर्षसम्म सीएनएनमा आफ्नो कार्यक्रम चलाएका थिए र यतिबेला उनले फिल्म, राजनीति र खेल जगतका चर्चित हस्तीसँग अन्तरवार्ता गरेका थिए ।
उनले आफ्नो करियरमा करिब ५० हजार अन्तर्वार्ता लिएको बीबीसीले जानकारी दिएको छ ।
पछिल्ला केही वर्षमा उनको स्वास्थ्यमा विभिन्न समस्या देखिए । उनको हृदयघात पनि भइसकेको थियो ।
किङ्गका सातजना महिलासँग आठ पटक विवाह भयो । उनका पाँच सन्तान थिए जसमध्ये दुईजनाको अघिल्लो वर्ष एक हप्ताको अन्तरालमा निधन भयो । छोरी चाइयाको फोक्साको क्यान्सरका कारण निधन भएको थियो भने छोरा एन्डीले हृदयघातका कारण ज्यान गुमाएका थिए ।
किङ्गले गेराल्ड फोर्डदेखि बराक ओबामासम्म अमेरिकाका प्रत्येक राष्ट्रपतिको अन्तर्वार्ता लिएका थिए । यसका साथै उनले विश्वका थुप्रै चर्चित नेतासँग पनि अन्तर्वार्ता लिए । उनका अन्य हाई प्रोफाइल पाहुनामा डा. मार्टिन लुथर किङ्ग, दलाई लामा, नेल्सन मन्डेला र लेडी गागा पनि समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ