एटलान्टासँग मिलान स्तब्ध
आइतबार, ११ माघ २०७७, ०७ : ५८
इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको एसी मिलान आफ्नै घरेलु मैदान सान सिरोमा एटलान्टासँग ३–० गोलले स्तब्ध बनेको छ । पराजयसँगै शीर्ष स्थानमा मिलानको अग्रता २ अंकमा सिमित बनेको छ ।
खेलमा क्रिस्टियन रोमेरोले रोबिन गोसेन्सको कर्नरमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । दोस्रो हाफमा एटलान्टाले पाएको पेनाल्टीलाई जोसेफ इलिसिचले सजिलै गोलमा परिणत गरे । डुभान जापाटाले टोलीका लागि तेस्रो गोल गरे ।
मिलान पराजित हुँदा इन्टर मिलानसँग शीर्ष स्थानमा उक्लिने अवसर रहेको थियो । तर, इन्टर पनि उडिनेजेसँग गोलरहित बराबरीमा रोकियो ।
यो सिजन लिगमा मिलानलाई हराउने दोस्रो टोली बनेको एटलान्टा चौथो स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता
-
नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा