बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोपा डेल रेको लज्जास्पद हार भुलाउँदै रियल

आइतबार, ११ माघ २०७७, ०७ : ४८
आइतबार, ११ माघ २०७७

करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले आलाभेसलाई पराजित गरेको छ । बुधबार कोपा डेल रेमा तेस्रो डिभिजनको टोली अल्कोयानोसँग स्तब्ध बनेको रियलले स्पेनिस ला लिगामा आलाभेसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको १५ औँ मा कासिमेरोले रियललाई अग्रता दिलाएका थिए । बेन्जेमाले ४१ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने एडिन हजार्डले इन्जुरी समयमा तेस्रो गोल गरे ।

दोस्रो हाफमा जोसेलुले आलाभेसलाई गोल फर्काए पनि बेन्जेमाले दोस्रो गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।

जीतसँगै रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी ४ अंकमा सिमित गरेको छ । यद्यपि, एथ्लेटिकोले दुई खेल कम खेलेको छ । १९ खेलबाट रियलको ४० अंक रहेको छ भने १७ खेलबाट एथ्लेटिकोको ४४ अंक रहेको छ ।

शनिबारको खेलमा जिनेदिन जिदान कोरोनाभाइरस संक्रमित भएपछि उपस्थित थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप