बेलायतमा थप १३४८ कोरोना संक्रमितको मृत्यु

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १३४८ कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९७ हजार नाघेको छ । जसमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएकाहरुलाई मात्र समावेश गरिएको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ हजार ३२८ पुगेको छ । सबैभन्दा बढी मृतक संख्याको आधारमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा पर्दछ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि ३६ लाख नाघेको छ । गएको २४ घन्टामा ३३ हजार ५५२ नयां संक्रमित थपिएका छन् ।
नयां संक्रमितसँगै जम्मा संख्या ३६ लाख १७ हजार ४५९ पुगेको छ । हाल बेलायतका अस्पतालमा झन्डै ३८ हजारको संख्यामा कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
५८ लाख बढीलाई दिइयो खोप
हालसम्म बेलायतमा ५८ लाख ६१ हजार ३५१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ । जसमध्ये चार लाख ६८ हजार ६१७ जनाले खोपको दोस्रो तथा अन्तिम डोज पनि प्राप्त गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा