ad
केन्द्रीय संस्करण

वर्षमानको राष्ट्रपतिलाई चेतावनीः केपी ओलीको अपराध छोप्ने काम बन्द गर्नुस्

person explore access_timeमाघ १०, २०७७ chat_bubble_outline0
file photo

रोल्पा । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका अपराध छोप्ने काम बन्द गर्न चेतावनी दिएका छन् । पुनले ओलीको जालसाँझी, षड्यन्त्र, धाँधली र तिकडममा सहयोगीको भूमिका नखेल्न राष्ट्रपतिलाई आग्रह गरे । ‘देशको अभिभावकका रुपमा  निर्वाचित जनताको छोरी राष्ट्रपतिका रुपमा बस्नुभएको छ’ रोल्पाको होलेरीमा शनिबार संसद विघटनविरुद्ध आयोजित सभालाई सम्बोधन गर्दै पुनले  भने, ‘के राष्ट्रपति प्रधानमन्त्रीका गल्तीहरु, अपराधहरु छोप्ने संस्था हो ? त्यो रुपमा सेटिङमा चल्न दिन्छ संविधानले ? के राजनीतिक नैतिकताले मिल्छ ?

प्रधानमन्त्री ओलीले संर्वोच्च अदालतमा बुझाएको जवाफमा प्रतिनिधिसभा विघटनको सिफारिस गर्दा लेखेको पत्रमा संविधानको धारा, उपधारा उल्लेख नगरेको पाइएको तर, राष्ट्रपतिले संसद विघटन सदर गरेको पत्रमा संविधानको धारा ७६ (१), धारा (८५) उल्लेख गरेको चर्चा गर्दै पुनले  राष्ट्रपतिको भूमिका सन्देहात्मक देखिएको उल्लेख गरे । ‘प्रधानमन्त्रीले संविधानको धारा उल्लेख नगर्ने तर, राष्ट्रपतिले  गर्ने ? यो मिलोमतो जस्तो देखियो भन्ने प्रश्न अधिवक्ताहरुले इजलासमा उठाएपछि हतारहतार फाइल परिवर्तन गरियो’ पुनले भने ।

यस्तै ओली र ओली गुटका मानिसले सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ मिलाएकाले संसद विघटन दसर हुने र सूर्य चुनाव चिन्ह र दलको मान्यता आफूले पाउने भन्दै हिँडेकामा पुनले आपत्ति जनाए । स्वेच्छाचारी र अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध ओली समूहबाहेक सबै दल, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नागरिक अगुवा, सामाजिक अभियन्ता, कानुन व्यवसायी, कानूनविद, सार्वजनिक सञ्चारमाध्यम र आम जनताको एउटै आवाज रहेको भन्दै सर्वोच्चले संसद पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे ।

यस्तै ७० प्रतिशत केन्द्रीय सदस्यको समर्थन रहेको प्रचण्ड–माधव नेपाल नेतृत्वको पार्टी नेकपाको मूल धार रहेकाले आधिकारिकता र निर्वाचन चिन्ह पाउनेमा शंका नरहेको दाबी समेत उनले गरे । स्वतन्त्र न्यायालय र संवैधानिक निकायप्रति आफूहरुको विश्वास र आस्था रहेको भन्दै पुनले तर, गैरन्यायिक फैसला र निर्णय भए अस्वीकार्य रहेको चेतावनी दिए ।

‘संविधान र कानूनको मर्म, भावना र अक्षरका आधारमा निर्णय होओस्’,  पुनले भने, ‘यदि केपी ओली र ओली गुटले भनेको जस्तो सेटिङमा फैसला आए जनता सडकमा उत्रनेछन् र सबै हतियार प्रयोग गर्नेछन् ।’ पुनले राज्य संयन्त्रहरु जनताका करबाट चलेको र जनताको कामका लागि स्थापित गरिएको चर्चा गर्दै ओलीको वपौतीका रुपमा प्रयोग भए अमान्य हुने चेतावनी दिए । ओलीको कदम घोर असंवैधानिक, व्यवस्थाविरोधी, संविधानविरोधी र दुर्भाग्यपूर्ण भन्दै पुनले सच्याउन आग्रह गरे । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.