
ठगी आरोपमा ओलम्पिया स्कुलका दुई सञ्चालक पक्राउ

काठमाडौं । प्रहरीले ठगी आरोपमा एक स्कुलका दुई जना सञ्चालकलाई पक्राउ गरेको छ । बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकहरू शिरिष खड्का र सुरेन्द्र महर्जनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरेको हो ।
ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को वैबैशाखमा दुई करोड ७५ रुपैयाँ बैना लिएका थिए । तर पछि जग्गा समेत अर्केलाई बिक्री गरेर बैना रकम फिर्ता दिएका थिएनन् ।
लामो समयदेखि फरार रहदै आएका उनीहरुलाई शनिबार काठमाडौंबाटै पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी प्रमेश बिष्टले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ