मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघ भक्तपुरद्वारा दुई पत्रकार सम्मानित

शनिबार, १० माघ २०७७, १७ : २५
शनिबार, १० माघ २०७७

भक्तपुर । नेपाल पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरले दुई जना वरिष्ठ पत्रकारलाई सम्मान गरेको छ । 
शनिबार शाखाको २२ औं साधारण सभाको अवसरमा देशान्तर मिडिया ग्रुपका निर्देशक तथा वरिष्ठ पत्रकार कविर राणा र राससका वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरेका हो । 

वरिष्ठ पत्रकार राणालाई नगद १० हजार राशि रहेको स्वर्गीय भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । 
यसैगरी फोटो पत्रकार श्रेष्ठलाई नगद २ हजार ३ सय रुपैयाँसहित राशि रहेको  स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिकता पुरस्कारबाट सम्मान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले सम्मान गरेका हुन् । 
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष विरहीले सरकारको पछिल्लो कदमले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा धरापमा परेको बताए । 

उक्त कार्यक्रममा सम्मानित पत्रकार रत्नकृष्ण श्रेष्ठले आफुले पाएको नगद पुरस्कारको रकममा पाँच हजार रुपैयाँ थप गरेर शाखाको भवन निमार्णकालागि दिएको बताए । 
साधारणसभाले महासंघको संस्थागत विकास र पत्रकारको हकहित र मर्यादित पत्रकारीताकालागि भावीकार्यदिशा तय गरेको पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप