भारतमा खोप अभियान तीव्र, १३ लाखभन्दा धेरैले लगाए पहिलो डोज
भारतमा कोरोना खोपलाई लिएर सुरुमा केही मानिसहरु दुविधामा परे । तर अहिले खोप लगाउने काम तीव्र रुपमा भइरहेको छ । १६ जनवरीबाट सुरु भएको खोप कार्यक्रमअन्तर्गत शनिबार बिहानसम्म १३ लाख ९० हजार मानिसले कोरोनाको पहिलो डोज लिइसकेको स्वास्थ मन्त्रालयले जनाएको छ ।
स्वास्थकर्मी र सर्वसाधारण जनतामा खोप लगाउने विषयमा देखिएको हिच्किचाहट तोड्नका लागि केन्द्र सरकारले पनि अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत भारत सरकारले खोपविरुद्ध सामाजिक सञ्जालमा आइरहेका जानकारीहरु हटाएको छ । भारतमा आपतकालिन प्रयोगका लागि दुुई खोपले मान्यता पाएका छन् –कोविशिल्ड र कोभ्याक्सिन । बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्रेजेनका कम्पनीले संयुक्त रुपमा विकास गरेको खोपलाई भारतमा सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ र यसैको नाम कोविशिल्ड हो । अर्को खोप को–भ्याक्सिन भारतमै विकास भएको हो । भारत बायोटेकले यसलाई उत्पादन गरिरहेको छ । यी खोपहरुको विश्वस्वनियता र प्रभावकारीलाई लिएर अहिले जनतासमक्ष सचेतना फैलाउने काम पनि भारत सरकारले गरिहेको छ ।
कहाँ–कस्तो छ खोप कार्यक्रम ?
अमेरिकाले २२ जनवरीसम्म कुल १ करोड ७५ लाख जनसंख्यालाई खोपको पहिलो डोज लगाइसकेको छ । त्यस्तै, चीनले १ करोड ५० लाख जनसंख्यालाई खोप लगाएको छ । त्यस्तै, बेलायतले ५८ लाख, इजरायलले ३३ लाख, युुएईले २३ लाख, जर्मनीले १५ लाख, इटलीले १३ लाख, टर्कीले ११ लाख, स्पेनले ११ लाख जनसंख्यालाई खोपको पहिलो डोज लगाइसकेका छन् ।
इजरायल अघि
भारतमा खोप कार्यक्रम तिव्र भएपनि पुरै जनसंख्यालाई खोप लगाउनु निकै चुनौतीपूर्ण छ । भारत, १० लाखलाई खोप लगाउनुुको अर्थ कुल जनसंख्याको केवल ० दशमलव ०८ प्रतिशतलाई मात्रै खोप लगाउनुु हो । यता, ईजरायलको प्रतिशत भने धेरै राम्रो छ । उसले आफ्नो ३९ प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको छ । त्यस्तै, युुएईले २४ प्रतिशत, बेलायतले ९ प्रतिशत र अमेरिकाले ५ प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको छ । अक्सफोर्ड विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार २२ जनवरीसम्म विश्वको ५ करोड ७० लाख जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो डोज लगाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा