शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु

शनिबार, १० माघ २०७७, १५ : १०
शनिबार, १० माघ २०७७

काठमाडौँको टेकु पचलीस्थित शहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु गरिएको छ । 
शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिईएको स्थानमा उहाँको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको छ । हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको छ । 

शुक्रराज शास्त्री जहाँनिया राणा शासनको विरुद्द लड्ने चार सहिदमध्ये एक हुनुुहुन्छ । सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गतेसहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुने छ । 

त्यसैगरी माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरी निकालेर सहिद स्मारक लैनचौर पुगि सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली सभा हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप