शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बर्दी लगाएर चर्चामा आएका बलिउड अभिनेता

शनिबार, १० माघ २०७७, १५ : ०७
शनिबार, १० माघ २०७७

बलिउडमा त्यस्ता धेरै फिल्म छन्, जसले सिपाहीको कथा बोल्छ । यस्ता फिल्ममा वर्दी लगाएर देखिएका अभिनेताहरुले दर्शकको ताली खुुबै पाएका छन् । 
शाहरुख खानले आफ्नो करियरको सुरुवात नै टिभी सिरियल ‘फौजी’ बाट गरेका थिए । यसमा उनी सेनाका जवानको भूमिकामा थिए । यसबाहेक वीर जारामा शाहरु एयरफोर्स पाइलटको भूमिकामा देखिएका छन् । जब तक है जानमा पनि उनी सेनाका जवानको भूमिकामा छन् । 

फिल्म उरी– द सर्जिकल स्ट्राइकमा विक्की कौशल मुख्य भूमिका थिए, २०१९ मा रिलिज भएको यो फिल्म निकै हिट भयो । 
२०१८ मा रिलिज भएको फिल्म ‘अय्यारी’ मा मनोज बाजपेयी, सिद्धार्थ मल्होत्रा, रकुुल प्रित सिंह, नसिरुद्दिन शाह र अनुुपम खेर मुख्य भूमिकामा थिए । यसमा मनोज बाजपेयी र सिद्धार्थ मल्होत्रा वर्दी लगाएको अवस्थामा देखिएका थिए ।  
एक्सन थ्रिलर फिल्म ‘होलिडे’ मा अक्षयकुमारले आर्मी जवान क्याप्टेन विराट बख्सीको भूमिका निभाएका थिए । फिल्ममा अक्षयसँगै सोनाक्षी सिन्हा पनि थिइन् । यो फिल्मले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । 
फिल्म ‘लक्ष्य’ मा ऋतिक रोशन पनि सैनिक अफिसरका रुपमा देखिएका थिए । उनको अभिनयको ठूलै प्रशंशा भयो । यस फिल्ममा ऋतिकको अपोजिटमा प्रिति जिन्टा थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप