शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको पश्चिम बंगालमा भाजपा र टिएमसी कार्यकर्ताबीच झडप

शनिबार, १० माघ २०७७, १४ : ५९
शनिबार, १० माघ २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार पश्चिम बंगालको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको यात्रालाई लिएर राज्यको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । यद्यपी, यहाँ अवस्था निकै तनावग्रस्त बनेको छ । 

हावडामा भाजपा र त्रिणमुल कंग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसक्रममा केही गाडीमा आगो लगाइएको छ । भाजपाका नेताहरुले आफ्ना कार्यकर्तामाथि आक्रमण भएको दाबी गरेका छन् । उनीहरुले त्रिणमुुलले यस्तै राजनीति गरेमा उनीहरुलाई कडा जवाफ फर्काउने चेतावनी पनि दिएका छन् । 

शनिबार भारतका चर्चित नेता स्वर्गीय सुभाष चन्द्र बोसको १ सय २५ औं जन्मजयन्ती हो । त्यसैले मोदी पश्चिम बंगाल जान लागेका हुन् ।  मोदीले भिक्टोरिया मेमोरियल हलमा ‘पराक्रम दिवस समारोह’ को उद्घाटन समारोहमा अध्यक्षता गर्ने कार्यक्रम पनि छ ।
यस कार्यक्रममा बंगालकी मुख्यमन्त्री ममत बेनर्जीलाई पनि आमन्त्रण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप