शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीले कम्युनिस्टको नाममा धेरै घात गरे : ज्ञवाली

शनिबार, १० माघ २०७७, १४ : २८
शनिबार, १० माघ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले कम्युनिस्टको नाममा कम्युनिष्टलाई नै सिध्याउने काम गरेको आरोप लगाएका छन् ।

आज बिहान बुटवलका आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट पार्टीको अहिलेको व्यवस्थालाई नै सिध्याउने गरी ओलीले क्रियाकलाप गरिरहेको आरोप लगाएका हुन् । 

 नेता ज्ञवालीले केपी ओलीलाई केशरजंग रायमाझीसँग तुलना गर्दै ओलीको कदम बढी जनघाती भएको दावी गरे । 

उनले भने, ‘कुनै बेला केशरजंग रायमाझीले पनि कम्युनिस्टको नाममा यस्तै काम गरेर सिद्धिएका थिए । ओली को पनि  सिद्धिन्छन् । रायमाझी भन्दा उनी अझ प्रतिगमनकारी र जनताको विश्वाशघाती हुन् । रायमाझीले भन्दा अझ बढी क्षति उनले पुर्याउन खोजेका छन्।’

ओलीलाई पटक पटक आफूहरुले सच्चिने मौका दिएपनि नसच्चिएपछि कारबाही गर्नुपरेको उनले बताए । 

प्रचण्ड–माधव पक्षका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका ज्ञवालीले ओलीको अहंकारको पराजय हुन जरुरी रहेको बताए । उनले आफूहरु नै आधिकारिक पार्टी भएको भन्दै ओली बाहेक उनको पक्षमा रहेकाहरु विस्तारै आफूहरु तिरै आउने दावी गरे । 

शुक्रबार काठमाडौमा भएको विरोध सभा सुरुवात मात्र भएको भन्दै उनले त्यो भन्दा अझ ठूला प्रदर्शन गर्ने बताए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप