खतरनाक हुनसक्छ मानसिक तनाव, यसरी गर्नुस् कम

एजेन्सी । जीवनमा मानिसहरुका थुप्रै मानसिक र शारीरिक समस्याहरु आइपर्छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भएको लकडाउन र भाइरसको महामारीले विश्वभर नै मानिसहरु तनाव झेलिरहेका छन् । तनावकै कारण आत्महत्या गर्नेहरुको संख्या पनि बढ्दो छ । मानसिक तनावका कारण मानसिक रुपमा नै अस्वथ हुने भएको यसको समयमा नै तनाव कम गर्ने उपायहरु खोज्न आवश्यक छ । तनाव कम गर्नका लागि आफैले केही पहलहरु गर्न सकिन्छ ।
जस्तैः
किताब पढ्ने
पुस्तक कुनै पनि व्यक्तिका लागि असल साथी मानिन्छ । व्यस्तताका कारण पछिल्लो समय मानिसहरुले किताब पढ्न छोड्दै गएका छन् । किताब पढ्ने बानीले दिमागलाई शान्ती मिल्छ । अनावश्यक सोचाईहरुबाट समेत बचाउँछ । त्यसैले तनावबाट बच्न आफूलाई मन पर्ने बिद्याको पुस्तक पढ्ने गर्नुपर्छ ।
घरपालुवा जनावर
आफूलाई अत्यधिक तनाव हुन्छ । चिन्तामुक्त हुन सक्नुभएको भने बच्चा वा घरपालुवा जनावरसँग समय बिताउनुस् । जसले तपाईंलाई मानसिक सन्तुष्टि प्रदान गर्छ । घरमा खरायो, कुकुर, बिरालो जस्ता जनावर पाल्ने, पन्छीहरु पाल्ने गर्दा दिमाग ताजा रहन्छ ।
टीभि सो वा वेभ सीरिज
एक्लोपन र मानसिक तनाव कम गर्न विभिन्न प्रकारका टेलिभिजन शो तथा वेभ सीरिज हेर्ने गर्नुपर्छ । जसले तपाईंलाई मनोरञ्जनका साथै दिमागमा अनावश्यक कुराहरु खेल्न दिँदैन ।
खेल खेल्नुस्
मोबाइल, ल्यापटप र कम्प्युटरमा सजिल्यै खेल्न मिल्ने खेलहरु खेल्नुस् । एक्लोपनको अनुभव भएको खण्डमा यस्ता खेलहरुले दिमागमा अनावश्यक कुरा थपिन दिँदैन ।
आफन्तसँग कुराकानी
मानसिक तनाव कम गर्नका लागि सबैभन्दा उत्तम उपाय आफन्तसँग कुराकानी गर्नु नै हो । आफ्ना मनमा आएका विभिन्न उल्झनहरुलाई आफूले भरोसा गर्ने व्यक्तिलाई सुनाउँदा मन हल्का हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा
-
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु
-
शिक्षकको मागप्रति सरकार गैरजिम्मेवार बन्दै गएको छ : पुष्पराज कुँवर (भिडियो कुराकानी)
-
कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला फैलिएपछि...