माटोको टीका लगाएर सोमबार कमलपोखरी–बालुवाटार मार्चपास हुँदै
बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार ‘बालुवाटार मार्च’ कार्यक्रम गर्ने भएको छ । अभियानको तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्तिमासबै कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवम् नागरिक अभियन्ताहरुलाई मार्चपासमा सहभागिताका लागि अनुरोध गरिएको छ ।
‘प्रतिनिधिसभा विघटन लगायत सबै प्रकारका प्रतिगमनको विरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने हामी सबै सचेत नागरिकको कर्तव्यवोध सडकमै प्रदर्शित हुनु आवश्यक रहेकोमा हामी जोड दिन चाहन्छौं’, अभियानले भनेको छ । अभियानका अनुसार कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास हुनेछ । दिउँसो २ बजेदेखि हुने मार्चपासका क्रममा कलात्मक प्रस्तुति समेत रहने बताइएको छ ।
‘प्रतिगमनविरुद्ध प्रतिरोध’का क्रममा अभियानले यसअघि माइतिघर मण्डलाका प्रदर्शनहरुपछि प्रज्ञा डबलीमा नागरिक सभासमेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म