कविता : मेरो गाऊँ
-भुवन रोका “मित्रजी”
ए मित्र!
आउ एकैछिन्
यो डाँडाको भ्युटावरमा चढेर
यसको सयौँ तलामा बसेर
साइँला दाइको घरमुनिबाट
गुँडिरहेको रेल नियालौँ
निकै बढेको छ
मेरो गाऊँको चहल पहल
हेरन मित्र!
त्यो बगिरहेको नहर
पानीले छचल्किएको लहर
सबैको खेतबारीमा झुलेको रहर
अहो!
ठुल्दाइको त्यो स्याउ खेती
माथ्लाघरेको सुन्तला र नास्पती
तल्लाघरेको सिमखेतमा पहेलै धान
पल्लाघरेको बारीमा
ठूल्ठूला घोघा लागेका मकैका थान
ती झार जस्तै देखिने
गैरीगाउँको अलैची र चिया बगान
डाडाँघरे फारमका कुखुरा र कालीज
चौरीभरी चरिरहेका गाईभैसीका बथान
अझै सुन्दर
त्यो माझघरेको माछा पालन
निर्यात गर्नुछ यी सबै सबै
साइँला दाईको घरमुनी गुडिरहेको
त्यही रेलबाट
डाँडैडाँडा हुँदै शहरसम्म जोडिएको
केबलकारबाट
तलको नदीमा चल्ने
पानी जहाजबाट
नजिकैको हवाइअड्डामा उड्ने
हवाइजहाजबाट
त्यो चारलेनको चिल्लो सडकमा गुड्ने
बस र ट्रकबाट
यस्तै छ मेरो गाउँको चहल पहल
हेरन मित्र!
पर्यटकहरु निरन्तर चढिरहेछन् हिमाल
हेरिरहेछन् झरना र ताल
चलिरहेछन् उद्योग, कल-कारखाना
रोजगारीमा छन् सबै जना
बेचिरहेछ सिंगो बजार
साक्षी छ सुशासनको सरकार
कुदिरहेछन् कोही काममा
फर्किरहेछन् कोही कामबाट
यस्तै छ मेरो गाऊँको चहल पहल
हेरन मित्र!
हाम्रो जन-प्रतिनिधि
भर्खरै छिरेका छन् घरभित्र
सकेर काम खेतबारीको
गरेर समस्या समाधान वारिपारीको
अब जानुछ गाउँकै आविस्कार केन्द्र
अनि गर्नुछ निरीक्षण
जहाँ
हुनेछ संसारकै द्रुत गतिमा चल्ने
रेलको परीक्षण
हिजो मात्रै त गरेका थिए
नयाँ हेलिकप्टरको प्रदर्शन
केही दिन अगाडि मात्रै त बनाएका थिँए
कोरोनाको भ्याक्सिन
आज त
राष्ट्रपति पनि आउने रे
यस्तै छ मेरो गाऊँको चहल पहल
हेरन मित्र!
ब्यस्त पढिरहेछ बिद्यालय
सेवामा खट्टिरहेछ अस्पतालय
बगिरहेछ पानी घर-घरको धाराबाट
विद्युत पनि गाऊँकै कारखानाबाट
नियालिरहेछन् बा-आमाले संसार
घरमै बसेर
ब्यस्त गफ गरिरहेछन्
विदेशमा राजनीति कति फोहोर भनेर
व्यस्त रोइरहेछन्
विश्वमा भोकमारी देखेर
अनि
ब्यस्त खट्टिएका छन्
सहयोग उठाउन, जुटाउन
र त्यहाँ पठाउन
यस्तै छ मेरो गाऊँको चहल पहल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन