शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा मोटरसाईकल दुर्घटनाः दुई जनाको मृत्यु

शनिबार, १० माघ २०७७, ०९ : ५६
शनिबार, १० माघ २०७७

बुटवल । नवलपरासी (पूर्व) को कावासोतीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

नवलपुरका  प्रहरी प्रमुख एसपी प्रकाश मल्लका अनुसार गए राति राजमार्गको भित्री सडकमा उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल  अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जना युवाको ज्यान गएको  हो । 

ज्यान गुमाउनेमा कावासोती नगरपालिका वडा नम्वर ३ का  २४ बर्षीय हेमराज थापा र सोही नगरपालिका वडा नम्बर  ८ का २६ बर्षीय सुनिल जैसवाल रहेको एसपी मल्ले जानकारी दिए ।

मध्यविन्दु जिल्ला अस्पताल पुराएपछि दुर्घटनामा परेका दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप