शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न काँग्रेसको आग्रह

शुक्रबार, ०९ माघ २०७७, २१ : ४६
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि आवश्यक निर्णय गर्न पार्टीको प्रदेश संसदीय दललाई अधिकार दिनु व्यावहारिक र लोकतान्त्रिक हुने धारणा व्यक्त गरेका छन् ।
 
प्रदेश नं १ र वाग्मती प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि कांग्रेसले लिनुपर्ने निर्णयसम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सम्बन्धित प्रदेशका पार्टी केन्द्रीय सदस्यसँगको बैठकमा उनले सो धारणा व्यक्त गरे ।
 
छलफलका क्रममा सभापति देउवाले राख्नुभएको धारणा विपरीत केही सञ्चारमाध्यममा अस्पष्ट र भ्रमपूर्ण समाचार प्रकाशन भएको भन्दै काँग्रेसले ध्यानाकर्षणसहित भ्रम निवारणार्थ आज प्रेस नोट जारी गरेको छ । 

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न सबैमा आग्रहसमेत गरे ।
 
सभापति देउवाले सो विषयमा छलफल गर्न यही माघ ७ गते प्रदेश नं १ तथा माघ ९ गते वाग्मती प्रदेशअन्तर्गतका पार्टी केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । दुवै बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता थियोे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप