महासङ्घको पूँजी बजार समिति विस्तार
नेपाल उद्योग वाणिज्य महासङ्घले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पूँजीबजार समिति विस्तार गरेको छ ।
महासङ्घका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित समितिको उपसभापतिमा रामशरण थपलिया रहेका छन् ।
यस्तै सदस्यहरुमा निर्माण श्रेष्ठ, मेखबहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णुप्रसाद बस्याल, राजन लम्साल र ज्योति दाहाल छन् । यस्तै आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्तकुमार पौडेल रहेका छन् ।
उक्त समितिले पूँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको विकास गर्ने लक्ष्य राखेको छ ।
पूँजीबजारमा वैदेशिक लगानी भित्र््याउन पूँजी बजारसम्बन्धी ऐनकानूनमा समसामयिक सुधारका लागि सहजीकरण गर्ने, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दो सूना आदानप्रदान गर्ने विषयलाई प्रमुख प्राथमकितामा राख्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सुमना श्रेष्ठ
-
सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण (तस्बिरहरु)
-
जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छ: गृहमन्त्री
-
नेपालले चीनतर्फ कहिलेदेखि निर्यात गर्छ भैँसीको मासु ?
-
विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
-
एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न