शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

शुक्रबार, ०९ माघ २०७७, २१ : ०४
शुक्रबार, ०९ माघ २०७७

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश लोकसेवा आयोगको गरिमा  संस्थाको निष्पक्षतामा रहेको बताएका छन् ।

प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले जनसमुदायमा रहेको विश्वसनियतालाई स्थापित गराउन सबैले आफ्नो क्षेत्रबाट  सहयोग गर्नुपर्ने आवश्यक्ता औँल्याए । 

प्रदेश प्रमुख अधिकारीले आयोगमार्फत हुने कार्यहरु ज्ञान, बुद्धि, विवेक, सीप र बौद्धिकताको उचित प्रयोग गरी राष्ट्रिय समृद्धिका लागि हुनुपर्नेमा जोड दिए ।    उनले आयोग सबैका लागि र सधैँका लागि विश्वासिलो, निष्पक्ष, तटस्थ र पारदर्शी बनी रहोस् भने ।

प्रदेश प्रमुख अधिकारीले प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको प्रदेश लोक सेवा आयोग स्मारिकाको विमोचन गरे । 

प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई,  प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, आयोगका सदस्य सजना दाहालले सर्वसाधारणमा आयोगप्रतिको विश्वासलाई सदैव कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

आयोगका सदस्य टीकादत्त राईले आयोगले एक वर्षको  अवधिमा गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप