गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु
शुक्रबार, ०९ माघ २०७७, १९ : १८
कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका– १ की २५ वर्षीया महिला हुन् । प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ६४ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ६७१ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमित ४६४ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)