शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताः बाग्मतीको लगातार तेस्रो जित

शुक्रबार, ०९ माघ २०७७, १७ : ४९
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । पृथु बास्कोटाको अर्धशतकको मद्दतमा बाग्मती प्रदेशले प्रदेश–२ माथि ६ विकेट जित निकाल्दै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मूलपानीको मैदानमा प्रदेश–२ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८० रनको लक्ष्य बाग्मती प्रदेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर भेटाउन सफल भयो । बाग्मतीका पृथु बास्कोटा ५३ रनमा नटआउट रहे । विभात्सु थापा अर्धसतक बनाउन तीन रनले चुक्दा ओपनर आकाश थापाले ३२ रनको योगदान गरे ।

इसान पाण्डे हरिशंकर शाहको बलमा बोल्ड हुँदा उनको नाममा दुई विकेट रह्यो । यस्तै विशाल सुस्लिङ र कुमार थापाले एक÷एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश–२ ले १ सय ७९ रन जोडेको थियो । ७ विकेट गुमाउँदा ६९ रन जोडेको प्रदेश–२ का लागि विवेक यादवले सर्वाधिक ६६ रनको पारी खेल्दै धर्मराएको इनिङलाई सम्हालेका थिए ।

राहुला प्रताप सिंहले २२ रनको योगदान गर्दा कुमार थापाले २२ रन जोडे । कप्तान सुरज कुर्मीले १३ रन जोड्दा सुधीर चौधरीले १५ रनको पारी खेल्दै पवेलियन फर्किए । बाग्मती प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट निकल्दा रामनरेश गिरीले २ तथा नन्दन यादव, विपिन आर्चाय र तिलक भण्डारीले समान १÷१ विकेट आफ्नो नाममा लेखाए ।

जितसँगै बाग्मतीले ३ खेलमा ६ अंक जोडेको छ । समूह ‘बी’ ले अन्तिम चारको ढोका बलियो बनाएको छ । शीर्ष स्थानको बाग्मतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश–२ को यो लगातार दोस्रो हार हो । प्रदेश–२ ले तालिका अंक जोड्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप