२४ घण्टामा थपिए ३ सय २ जना संक्रमित, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३०२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।
यसमध्ये २४ घण्टामा काठमाडौँ उपत्यकामा ११२ जना संक्रमित थपिएका छन् जसमा ५३ जना महिला र ५९ जना पुरुष रहेका छन् । नेपालभर काठमाडौँ जिल्लामा मात्र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । काठमाडौँमा २ हजार ६१, भक्तपुरमा ३७ र ललितपुरमा १७५ जना सक्रिय संक्रमित रहेका छन् ।
यही अवधिमा थप ४८० जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ६३ हजार ३४८ रहेको छ । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
नेपालमा भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु संक्रमणमुक्त बनेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९८६ रहेको छ ।
हाल संस्थागत आइसोलेनमा ८७९ जना रहेका छन् भने १५४ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ