शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतमा फेरि किर्ते काम भयो : योगेश भट्टराई

शुक्रबार, ०९ माघ २०७७, १७ : ४४
शुक्रबार, ०९ माघ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतमा किर्ते काम भएको आरोप लगाएका छन् । हतार–हतार पुरानो मितिमा राजपत्र छापेर ल्याएर फेरि फाइलमा राखिएको भन्दै भट्टराईले किर्ते भएको आरोप लगाएका हुन् ।


उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानको कुनैधारा उल्लेख नगरि विघटनको चिट्ठी गयो, अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो, अर्को चिट्ठी ल्याएर फायलमा राखियो, अनि फेरि अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा खै ? हतार–हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरि फायलमा राखियो, किर्ते काम ?’

बिहीबार सर्वोच्च अदालतमा बहस हुँदा अधिवक्ता टिकाराम भट्टराईले प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा छैन भनेर प्रश्न उठाएपछि न्यायाधीशले पनि त्यो सूचना सोधखोज गर्न थालेका थिए ।यसरी सोधखोज हुन थालेपछि संवैधानिक इजलासमै रहेका महान्यायधिवक्ता अग्नि खरेल त्यहाँबाट सुटुक्क निस्केका थिए । उनी निस्केपछि फर्केर आएनन् ।

कार्यालय पुगेर उनले सूचना राजपत्रमा प्रकाशित गर्न निर्देशन दिए । आज शुक्रवार मात्र सर्वोच्च अदालतमा त्यो राजपत्रमा प्रकाशित सूचना फाइलमा राखियो ।

हिजोसम्म राजपत्र छापिएको थिएन । अदालतमा कुरा उठेपछि राताराता पुरानो मिति राखेर राजपत्रमा छापेर वेवसाइटमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप