शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्रीन लाइफ हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल, माघ तेस्रो हप्तादेखि सर्वसाधारणका लागि सेयर विक्री खुल्ला हुने

शुक्रबार, ०९ माघ २०७७, १५ : २९
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ग्रीन लाईफ हाइड्रोपावरका अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरे । 

ग्रीन लाइफ हाइड्रोपावरले जारी पुँजी १ अर्ब ८० कराडको १० प्रतिशत अर्थात १८ करोड बराबरको रु.१०० अंकित दरको १८ लाख कित्ता सेयरहरु तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले बिक्री नभएका १६ लाख ९६ हजार ४ सय कित्ता सेयर गरी जम्मा ३४ लाख ९६ हजार ४ सय साधारण सेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि) सर्वसाधारणमा निष्काशन गर्नको लागी नेपाल धितोपत्र बोर्डबाट २०७७ माघ ४ गते स्वीकृती प्राप्त गरेको र माघ तेस्रो हप्तादेखि उक्त सेयर सर्वसाधारणको लागि विक्री खुल्ला गर्ने योजना रहेको जनाएको छ । 

ग्रीन लाइफ हाईड्रोपावर कम्पनी ऐन २०६३ बमोजिम २०६६ साल आश्विन ४ गते नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीन लाइफ इनर्जीको रुपमा दर्ता भई २०७४ असार ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

कम्पनीले प्रदेश नं. ३ दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीन खारे तथा मार्बु गा.वि.स.)मा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको विजुली उत्पादन गर्ने उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप