बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

शुक्रबार, ०९ माघ २०७७, १४ : ३४
शुक्रबार, ०९ माघ २०७७

बुटवल । भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको आज बिहान निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो । हृदयघात भएर उपचारको लागि काठमाडौ लैजाँदै गर्दा उनको बाटोमै (मुग्लिन) निधन भएको पारिवारिक श्रोतले बताएको छ । सन् २०१९ मा आयरल्यान्डमा चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण पदक जितेका थिए ।

त्यस्तै सन् २०१९ को जुलाईमा ५०–५४ वर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा छनौट  भएका थिए । भारत्तोलक कार्कीले ४४–४९ वर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक बिजेता हुन् । नेपालमा भारत्तोलनको तालिम सचालन समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप